‘प्रधानमन्त्री ज्यु, संघियता खारेज गरौ, देशले खर्च धान्न सकेन’

National News News

The Mirror Desk,

काठमाडौँ, अहिले संघियताको बिरोधमा निकै ठुलो रुपमा आबाज उठिरहेको छ। यसलाई खारेज गर्नुपर्छ भन्ने आबाज सत्ताधारी पार्टीका नेताहरुबाट पनि आइरहेको छ।

यसै क्रममा पूर्व-सांसद एवं ओली समुहको नेतृ निरु पालले प्रदेश सभा का साथै संघियता पनि खारेज गर्न प्रधानमन्त्रीलाइ अनुरोध गरिकी छन्। ‘संघीयता’ नामको सेतो हात्ती अब हामीले धान्न सक्दैनौ भन्दै उनले प्रदेशहरू खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने बताएकी हुन्। बिहीबार साँझ सोसल मेडिया फेसबुकमा एक स्टाटस पोस्ट गर्दै उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन्।

पहिलो पटक २०७२ सालमा के पी ओली प्रधानमन्त्री हुँदा निरु पाल प्रधानमन्त्रीको सल्लाहकार समूहमा थिइन्। पालले सार्वजनिक रूपमा दोस्रो पटक संघीयता खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी हुन्।

उनले फेसबुकमा लेखेकी छ, ”सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसिको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई”

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *