The Mirror
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुरामा उनकै पार्टी नेपाली कांग्रेस पराजित भएको छ।
देउवाको घर रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवाले पराजय व्यहोर्नु परेको छ।
सो वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन।
वडाध्यक्षमा निर्वाचित भण्डारीले ६ सय ७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार देउवाले ५ सय ४४ मत ल्याएका थिए।
देउवाको गृह जिल्लामा कांग्रेस पार्टीमा बिवाद रहेको छ। गाउँपालिकामा कांग्रेस बिरुद्ध, नेपाली कांग्रेस बीपीले एमालेसँग गठबनधन गरेको थियो।
यो विवाद लामो समयदेखि चलिरहेको भएपनि उनले समाधानमा कुनै चासो देखाएका छैनन।
[ref-imagekhabar]
अन्तमा यो पनि…