काठमाडौँ। प्रधानमन्त्री अथवा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक रोकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पहिले देखिनै बुधबारको बैठक स्थगनको पक्षमा उभिदै आएका थिए। उहाका आलोचकहरुले प्रधानमन्त्री बैठक देखि सधै डराएर भाग्ने गरेको आरोप लगाउदै आइरहेको बेला फेरि उनीहरुको भनाइलाई बल पुग्ने गरि उहा अनुपस्थित हुनुभएको छ। उहा बैठकमा आएर समस्या समाधान गर्नुको सट्टा सधै भाग्ने गरेको कुरा भने सत्य हो।
बुधबारको सचिवालय बैठक दिउँसो १ बजे बोलाइएको थियो तर पनि एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री नआएपछि बाकि नेताहरु केही बेरसम्म अनौपचारिक रुपमा बैठक बसेपछि २० गतेसम्मका लागि स्थगित भएको थिए। बैठक स्थगित पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने “बैठकमा प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओली आउनुभएन त्यसकारण बैठकले पार्टीमा देखा परेको संकट, द्वन्द र विद्यमान समस्या समाधान गर्न सकेन र यसका लागि प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति अनिबार्य हुनुपर्ने भएकोले बैठक स्थगित भएको हो, यसका साथै आगामी बैठकहरुमामा उहाँको उपस्थिति अनिवार्य हुनेछ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाइ पनि उपस्थित हुन बिनम्र अनुरोध गरेका छौँ”।[ref-kantipur]
come to the meeting and solve the issues. runing way from the problem is not the solution,