kp oli and madhav nepal

प्रधानमन्त्री र नेपालबीच मेरियट होटलको वार्ता सकियो, के भयो सहमति?

National News News

The Mirror Desk

प्रधानमन्त्री वा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच राजधानीको मेरियट होटलमा वार्ता सम्पन्न भएको छ। वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी थिए। पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको थियो। त्यसपछि योगेश भट्टराई बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए।

यसअघि आजै नेपाल समुहकानेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ।

वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका थिए तर दुवैले वार्तामा भएको सहमतिका विषयमा पत्रकारलाई प्रतिक्रिया दिएनन।

बाहिर नआएपनि दुवै नेताहरुबाट पार्टीलाई एकताबद्ध बनाएर लैजाने र आबास्यक परे फेरि पनि कुराकानी गर्ने सहमति भएको बताइएको छ।

फुटको संघारमा पुगेको समयमा शिर्ष नेताहरुबाट भएको भेट निकै महत्त्वपूर्ण हुने कुरा समाचारमा जनाइएको छ।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *