‘प्रधानमन्त्री र नेपाल बीच बैठकमै चर्काचर्की, अरु नेता हेर्‍याहेर्‍यै’

National News News

The Mirror Desk,

काठमाडौं, लामो समयको बिबाद्पछी नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल समूह बीचको भेटवार्ता सकिएको छ। चार महिना देखिएको संवादहिनता तोड्दै अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल छलफलको टेबुलमा बसे । सोमबार पार्टी मुख्यालयमा भएको छलफलमा ओली र नेपाल दुवै पक्षका अरु नेताहरु पनि सहभागी भएका थिए।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीद्वारा डाकिएको छलफलमा दुवै पक्षले आ-आफ्नै अडान राखेर कुराकानी भएको बताइएको छ। छलफलमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार छलफल सकारात्मक भए पनि दुवै पक्षबीच आ-आफ्नै अडान राखेर कुराकानी भएको हाे।

आन्तरिक एकताको विषयमा केन्द्रित बैठकमा २८ फागुनमा ओली पक्षले गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षले अडान राखेको बताइएको छ। नेपाल पक्षलाई खबर नै नगरी गएकाे शुक्रबार बालुवाटारमा एकपक्षीय बैठक राखेर अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्नेदेखि नेपाल पक्षका नेताहरूकाे जिम्मेवारी खाेस्नेसम्मका निर्णय गरेका थिए।

नेपालले पार्टीमा कुनै व्यक्ति वा पदाधिकारीको एकल हुकुम नचल्ने बताएपछि चर्काचर्की परेको हो। उनले भने, ‘कुनै व्यक्ति वा पदाधिकारीको एकल हुकुम पार्टीमा चल्दैन’। प्रधानमन्त्री ओलीले तुरुन्तै जवाफ फर्काइहाले। अध्यक्ष र महासचिव मात्रै रहने गरी सबै पदाधिकारी खारेज गर्ने र प्रदेश इन्चार्ज नियुक्तको आफ्नो निर्णयको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘२८ गते पार्टीले निर्णय लिइसक्यो, चित्त बुझ्दैन भने ७ गतेको बैठकमा आएर आफ्ना कुरा राख्न्नुहोस्’।

अध्यक्ष ओलीको कुरा सुनेपछि आक्रोशित हुँदै नेता नेपालले भने, ‘त्यसोभए हुँदैन, संवाद गर्नुभएकोमा धन्यवाद, संवादलाई भने जारी राखौंला।’अहिलेलाई कुरा नमिलेको नेता नेपालले अध्यक्ष ओलीलाई बताए।

सुरुमा राम्रो भएको र पछि बाहिरिने बेला टर्राे भएको भन्ने नेता नेपालको भनाइले भित्र चर्काचर्की भएको एक नेताले दिएको जानकारीलाई पुष्टि गर्छ । दुई नेताबीच सवाल जवाफ भइरहँदा सहभागी अरु नेताहरु हेराहेर गरेका थिए’।

[ref-Nmedias]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *