प्रधानमन्त्री र प्रचण्ड बीच बैठकमै व्यक्तिगत रुपमै आरोप-प्रत्यारोप

National News

काठमाडौँ। सत्तासिन दल नेकपाका अदक्ष्यद्वय केपी शर्मा ओली र प्रचण्ड बीच तिक्तता निकै बढेर गएको छ। अहिले आएर उनीहरु व्यक्तिगत रुपमै आरोप प्रतारोपमा उत्रेका छन्। एकले अर्कोलाई पार्टी फुटाउन लागिपरेको आरोप सार्बजनिक रुपमै लगाउन थालेका छन्। प्रचण्डले ओलीलाई अहंग्कारी र घमण्डी भएको आरोप लगाउदै आएका छ भने केपी ओलीले प्रचण्डलाई परिवारको लागि मात्र सोच्ने गरेको आरोप लगाउदै आएका छन्।

निकै नै गम्भीर चर्काचर्की, बिबाद र भनाभनपछि मंगलबार बसेको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकको सुरुमै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदनमाथि छलफलको प्रस्ताव राखेपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहन नमिल्ने र “तपाई को हो” छलफल हुनुपर्छ भन्ने भनेपछि प्रचण्डले पनि छलफल रोक्ने “तपाई को हो” भन्ने जबाफ दिए लगत्तै दुइ अध्यक्षबीच भनाभन सुरु भएको थियो। यसै बीच माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई ‘तपाइँको यही अहम र घमण्डले यो अवस्था आएको हो भनेर थर्काएका थिय।त्यसपछि बैठक अनियन्त्रित भएपछि स्थगित गरिएको कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसै विवाद बीच बैठक बुधबार १ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको कुरा श्रेष्ठले बताए। दुइ अध्यक्षको प्रस्ताव निकास दिनेमा भन्दा पनि एकले अर्को लाइ खुइल्याउने खालको रहेकोे समाचारमा जनाइएको छ।
यी दुइ जनाको व्यक्तिगत आरोप प्रत्यारोपको कारणले सरकार र पार्टी पूर्ण रुपमा असफल हुने लागेको बिस्लेशण गरिएको छ। अहिले यी दुइको कारणले देश र समाजमा निकै अराजकता मच्चिएको र नेपाली जनतामा निकै निरासता छाएको भन्दै जनमानसमा गुनासो छाएको छ।

ref-demokhabar

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *