Mysterious discussion between the Prime Minister and the Chief Justice in Baluwatar

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा रहस्यमय छलफल

National News News

The Mirror Desk

देशको राजनीतिक कठिन स्थितिमा रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ।

प्रधानमन्त्रीले आफैँ सवारी साधन पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएकाे समाचारमा जनाइएको छ। प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गरेका थिए। यी सम्पूर्ण कुराहरुको बालुवाटार निकट स्रोतले पुष्टि गरको छ।

प्रधानमन्त्री ओली बिरुद्ध विपक्षी गठबन्धनहरु एक जुट भएको समयमा यस्तो समाचार बाहिर आएको छ। १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

यहि बिषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाएर कुराकानी गर्नु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।

विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति पनि टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको पनि बताए।

[ref-imagekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *