Industry Minister Hamal announces resignation

प्रधान्यायाधीशका जेठान हमालद्वारा विवादित भएपछी उद्योग मन्त्रीबाट राजीनामा

Breaking News National News News

The Mirror Desk

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै प्रधान्यायाधीशका जेठान, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्।

बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। उनले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

उनले भने, ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो’।

पूर्व प्रधानमन्त्री के पी ओलीलाई हटाई देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा दिईएको थियो।

उक्त सर्तमा प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत सहमति थियो।

आफूमाथि सञ्चार माध्यमहरूमा आइरहेका आलोचनाले गर्दा मन्त्री परित्याग गरेको हमाल बताउँछन्। आफू पदका लागि राजनीति नगरेको उनको भनाइ छ।

जेठान हमाललाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत सहमति थियो।

एक थान मन्त्री पाउने सर्तमा प्रधान्यायाधीश राणाले के पी ओलीलाई बर्खास्त गरी देउवालाइ प्रधामन्त्रीमा नियुक्ति गरेका थिए।

”What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *