प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको खतरा

International News News

The Mirror Desk,

काठमाडौँ, दक्षिण प्रशान्त महासागरमा धेरै शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो। यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ।

यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले पनि दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको र सुनामी आएको पुष्टि गरेको छ। अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ। यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

यी सबै सुचनाहरु बाहिर आएपनि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन।

[ref-mailonline]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *