Sapna Magar's indignation at the police touching her sensitive organs

प्रहरीले आफ्नो संवेदनशील अंगहरु छोएकोमा सपना मगरको आक्रोश

National News News

The Mirror Desk

सपना रोक्का मगरले आफूलाई प्रहरीले संवेदनशील अंगहरुमा छोएको र कुटपिट गरेर बेहोस बनाएको गम्भीर आरोप लगाएकी छन्।

हिजो अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउनको लागी बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन्।

उनले प्रहरीप्रति आरोप लागाउदै भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन? तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए, मलाई कुटपिट गरे, त्यसपछि म बेहोस पनि भएछु’।

लकडाउनका समयमा आर्थिक अवस्था कमजोर भएर खाना नपाएकाहरुलाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टहरा बनाएर खाना बनाउने र विभिन्न ठाउँमा उपलब्ध गराउने काम गरिरहेको थियो।

महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि नमानेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ।

सपनाले रुदै भनिन्, ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म निशब्द छु’।

उनी पछिल्लो समय हाम्रो टिम नेपालका लागि पनि काम गरिरहेकी छिन्। सपना रोका मगर वेवारिसे लास व्यवस्थापनमा सक्रियताका कारण चर्चामा आएकी थिइन।

हाम्रो टिम नेपालका विमल पन्तका अनुसार काठमाडौं महानगरले हामीसँग त्यहाँ भएका खाना पकाउने सामानहरु, ३ सय जोर सिरक डसना, अक्सिजन सिलिण्डरहरु लगेको छ। सडकका गरिब, असहाय, ज्याला मजदुरी गर्नेहरुलाई खाना खुवाएर हामीले के अपराध गरेका थियौँ।

रिहा भएपछि पन्तले भने, ‘खाना खुवाउने हाम्रो अभियान रोकिँदैन, निषेधाज्ञा नसकिँदासम्म हामी यसलाई कायम राख्ने छौँ’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *