‘फागुन पहिलो सातादेखि भिषण आन्दोलन, ओलीको आयु सकियो’:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि भिषण खालको संयुक्त जनआन्दोलन हुने बताएका छन्। उनले उक्त जनआन्दोलनले प्रधानमन्त्री के पी ओलीलाई समाप्त पार्ने दाबी पनि गरेका छन्।

उनले भने, ‘हामी माघ २८ गते विशाल जनाप्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि भिषण खालको संयुक्त जनआन्दोलन हुन्छ र सोही जनआन्दोलनले नै केपी ओलीको आयु सकिन्छ’।

बिहीबार आफ्नो बन्दको क्रममा उनि ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका थिए। उनले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त जनआन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको समेत बताए।

संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए। उनले भने, ‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो अहिले ओलीले तेहि गरिरहेका छन्। ‘ओलीले गर्न लागेको जनसभा पञ्च र्‍याली जस्तै हो’, उनले भने।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *