फेरि ‘अमेरिकन आइडल’ मा प्रतिस्पर्धा गर्दै दिवेश पोखरेल

Entertainment

The Mirror Desk

अमेरिकन आइडलको १८ औं सिजनको प्रतियोगीतामा उप-विजेता बनेका नेपाली गायक दिवेश पोखरेलले फेरि सोहि प्रतियोगिताको अर्को सिजनमा प्रतिस्पर्धा गर्ने भएका छन। आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै पोखरेल सहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्ने छन।

कमब्याक प्रतिस्पर्धीहरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै यो सिजनको शीर्ष १० मा प्रवेश पाउने छन्। आगामी अप्रिल १९ मा प्रशारण हुने आइडलमा यी १० प्रतिस्पर्धीहरुले स्टेजमा आफ्नो प्रस्तुति दिनेछन। यसअघि कोरोन भाइरसका कारण यी प्रतिस्पर्धीहरुले घरबाटै आफ्नो प्रस्तुति दिएका थिए।

यसअघि पनि दिवेशले ‘अमेरिकन आइडल’को प्रतिस्पर्धा जित्ने धेरैको विश्वास थियो। दिवेशले उप–विजेताको रुपमा चित्त वुझाउँदा विश्वकै चर्चित गायन रियालिटी शोको विजेता भने जस्ट स्याम भएकी थिइन्। अर्थर गनको रुपमा परिचित दिवेशका लागि यो रियालिटी शो जित्ने अवसर फेरि आएको धेरैले व्याख्या गरेका छन।

दिवेशले सामाजिक संजालबाट आफ्नो लागि भोट गर्न अपिल गरेका छन्। उनले आफ्ना शुभचिन्तकहरुलाई विभिन्न तरिकाले भोट गर्न सक्ने भन्दै साथ र सहयोगको अपिल गरेका हुन।

हामी पनि दिबेशको सफलताको शुभकामना ब्यक्त गर्दछौ।

[ref-kantipur/Okhabar]

Please, Watch This Video Too

Singer Yesh Kumar…

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *