Again, Oli is likely to be the next prime minister

फेरि पनि ओलिनै प्रधानमन्त्री हुने सम्भाबना, यस्तो छ संबैधानिक ब्यबस्था

National News News

The Mirror Desk

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थानुसार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल रहे। प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गरेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कामचलाउ सरकारमा परिणत भएको छ।

प्रधानमन्त्रीले आफूलाई सरकार सञ्चालनमा कठिनाइ भएपछि संविधान बमोजिम साेमबार प्रतिनिधिसभामा विश्वासको मत प्रस्ताव राखेका थियो।

प्रधानमन्त्रीको प्रस्ताबको पक्षमा ९३, विपक्षमा १२४ मत थियो। संविधानको धारा १०० को उपधारा (३) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन्।

नेपालको संविधान धारा ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था अन्तर्गत (१) ख मा नेपालको संविधानको धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा भन्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार धारा ७७ (३) बमोजिम कामचलाउ सरकार बनेको छ, अब संविधानको ७६ (२) बमोजिम ३० दिनभित्र संसदले संयुक्त सरकार दिनुपर्छ।

नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। धारा ७६ मा मुख्यतः चार ढंगले मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । धारा ७६ को (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ। मौजुदा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। एउटै दलको बहुमत नहुँदा धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुने अवस्था संसद्को गणितमा देखिँदैन।

ओली नै प्रधानमन्त्री हुने प्रबल सम्भावना

हेर्नुहोस संबिधान के भन्छ?

ओलीले माधव नेपाल समूहलाई रिझाउन सके भने ओली नेतृत्वमा पुन: नयाँ सरकार बन्ने देखिन्छ। नेपाल समूहको नेताहरुले पनि पार्टी एकता जोगाउनको लागि सांसद् पदबाट राजीनामा नदिएको बताउँदै आएका छन्। नेता नेपालले पनि पार्टी एकताकै निम्ति विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताउनुभएको छ।

[ref-news24]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *