‘फैसला एकदम स्वभाविक, गालीगलौज र प्रतिशोधको भावना लिनु हुँदैन’:- योगेश भट्टराई

National News News

The Mirror Desk,

काठमाडौँ, सर्बोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको पार्टीलाई दिएर ओली र ‘प्रचण्ड-नेपाल’ समुहको नेकपालाइ खारेज गरेपछि नेपालको राजनीतिक अर्को जटिल मोडमा पुगेको छ। यसमा विभिन्न व्यक्तिले आफ्नो-आफ्नो धारणा सार्बजनिक गरेका छ।

यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका नेता योगेश भट्टराईले सर्बोच्च अदालतको फैसला एकदम स्वभाविक र उचित रहेको बताएका छन्। साबिक नेकपा एमालेको माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलापछि पनि नेकपा एकताको आवश्यकता औंल्याएको छ। विगतको अनुभवबाट पाठ सिकेर नयाँ ढंगले एकता हुनसक्ने साबिक एमालेका प्रचार विभाग प्रमुख भट्टराईले बताए।

उनले भने, ‘प्रतिशोध र बदलाको भावना होइन संयम र धैर्यका साथ अघि बढ्न नेतृत्वलाई आग्रह गर्दछु र उक्त फैसला एकदम स्वभाविक छ र हामीले फैसलालाई स्वभाविक रूपमा लिनु पर्छ’।

भट्टराईले भने, ‘तीन वर्षका कमिकमजोरीबाट शिक्षा लिनुपर्छ, हार र जितको मानसिकताबाट हामी कोही पनि जानु हुँदैन, त्यसो भयो भने कम्युनिष्‍ट आन्दोलनका निम्ति घातक हुन्छ, बदला र प्रतिशोधको राजनीतिले फाइदा गर्दैन, फेरि एमाले र माओवादी एकीकरणबारे नेतृत्वले ठण्डा दिमागले सोचेर जानु पर्छ, सकेसम्म कम्युनिष्‍ट पार्टीहरूबीचकै सहमतिमा सरकार बनाउने कोसिस गर्नु निकै राम्रो हुन्छ’।

[ref-sidha sandwsh]

अन्तमा यो पनि…

माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *