The Mirror Desk,
काठमाडौँ, अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइटहाउस’ मा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युबा पक्राउ परेका छन्। नर्थ क्यारोलाइनान निबासी २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले उक्त अभियोगमा पक्राउ गरेको हो। डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छु’ भन्दै धम्की दिने गरेका थिए। डेभिडले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेका थिए।
डेभिड यसअघि सन् २००९ मा लुटपाटमा संलग्न भएका थिए। सेक्रेट सर्भिस एजेन्टले धम्कीबारे अनुसन्धान गर्न फोन गर्दा रेभिसले आफूले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको र कुनै गल्ती नगरेको बताएका थिए। उनका वकिलले डेभिडमा मानसिक समस्या रहेको बताएका छन्।
गत महिना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य मानिसलाई ज्यान मार्ने धम्की दिने एक जनालाई ९ वर्ष जेल सजाय सुनाइएको थियो। अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
[ref-setopati]
र अन्तमा यो भिडियो पनि हेर्नुहोला…
प्रधानमन्त्री र पूर्व लडाकु बिचको गोप्य कुराकानी…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon