Bangladesh lodges complaint against India at UN

बंगलादेशद्वारा भारतले गरेको सिमा अतिक्रमण विरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी

International News News

The Mirror Desk

भारतविरुद्ध बंगलादेशले संयुक्त राष्ट्रसंघमा अपिल गरेको छ। पुरानो सिमा बिबादको बिषयलाई लिएर उसले यो कदम चालेको हो।

बंगालको खाडीको दक्षिणी भागमा समुद्री सीमाका विषयमा भारतसँग रहेको दशकौं पुरानो विवाद अन्तका लागि भारत बिरुद्ध अपिल गर्नु परेको बंगलादेशले जनाएको छ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा बंगलादेशको स्थायी मिशनले भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष अपिल गरेको हो।

पूर्व विदेश सचिव शाहिदुल हकले एनादोलु एजेन्सीसँग कुराकानीमा यो विवाद दुई देशबीच कैयौं दशकदेखि बल्झिरहेको बताए। यो मुद्दामा यसअघि द्विपक्षीय छलफल भए पनि यो विषय समाधान हुन सकेको छैन।

गएको अप्रिलमा भारतले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर बंगलादेशले निर्धारण गरेको बेसलाइनमा आफ्नो विरोध जनाएको थियो।

अब यो विवाद सुल्झाउन संयुक्त राष्ट्रसंघ जाने निर्णय गरिएको बताउँदै राष्ट्रसंघले यो विवादको समाधान निकाल्नेमा आफूहरु आशावादी भएको हकले बताए।

ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बनधका प्राध्यापक र कूटनैतिक विश्लेषक चौधरी रफीकुल अबरारले यो विवाद सुल्झाउनको लागि समुद्रका कानुनहरुका विषयमा संयुक्त राष्ट्रसंघको सम्मेलनका प्रावधानको पालना गर्न भारतलाई आग्रह गरे।

[ref-dcnepal]

अन्तमा यो पनि
MCC ठिक छ, पारित गरेर देखाईदिन्छौ- झाक्री

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *