Massive attacks on Hindus in Bangladesh, vandalism and arson of temples

बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि व्यापक आक्रमण, मन्दिरमा तोडफोड र आगजनी

Breaking News International News News

The Mirror Desk

एक फेसबुक पोस्टको कारण बंगलादेशमा हिंसा भड्किँदा दुर्गा पूजा स्थलमा व्यापक तोडफोड भएको छ। तोडफोडका कारण कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

अधिकारीहरुले तीन जनाको मृत्यु भएको पुष्टि पनि गरेका छन्। बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भडकिएको हो।

हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ। प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन। प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ ।

स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन। २०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु धर्मालम्बी रहेका छन्।

कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायका मानिसको ठूलो संख्या रहेको छ। पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार रात भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ।

[ref-imagekhabr]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *