The Mirror Desk,
काठमाडौँ, महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज (बिहीबार) विहानै धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ। राजधानीको गोंगबुमा बन्द समर्थक समूहले ट्याक्सीमा आगजनी गरेका हुन्।
सो समुहले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ। आगलागी पछि उक्त ट्याक्सी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने प्रहरीले ट्याक्सीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको जनाएको छ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल गर्ने ‘प्रचण्ड-नेपाल’ समुहले जनाएको छ।
[ref-news24]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020