The Mirror
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गरेका छन्।
उनले भने, ‘मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रुपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’।
उनले थप, ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दा गर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु’।
एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तक्रियामा ओलीले आफ्नो भागको कमजोरी स्वीकार गरेका हुन।
उनले दलहरुप्रति जनतामा वितृष्णा बढेको पनि बताउदै उनले यसको कारण चिरफार गर्ने प्रयास पनि गरे।
दलहरुप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरुले गरेको कुरा पनि उनले बताए। यत्रतत्र भ्रष्ट्राचार बढेको महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको पनि उनले बताए।
उनले भने, ‘अनाडीहरुले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्काे देशघाती काम गरेका कारण दलहरुप्रति वितृष्ण बढ्ने नै भयो’।
[ref-imagekhabar]
अन्तमा यो पनि…