Sirjana Singh

‘बल प्रयोग गरेर फोहोर फाल्नु अनुचित’:- सिर्जना सिंह

National News News

The Mirror

नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्।

प्रहरीले बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर फालेपछि उनले यस्तो प्रतिक्रिया आएको हो। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर काठमाडौँको फोहोर बन्चरेडाँडामा फलेको थियो।

मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी भनेकी छन्, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन यो अनुचित हो, यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्‍यो’।

उनले सहमति अनुसार कामकारबाही गर्न पनि आग्रह गरेकी छन्।

उनले भनेकी छन, ‘कारकारबाही सहमति अनुरूप हुनुपर्‍यो, काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्’।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *