बहुप्रतीक्षित खानेपानी आयोजना ‘मेलम्ची’ को पानी सुन्दरीजल आइपुग्यो

National News News

The Mirror Desk,

काठमाडौँ, दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको हो।

शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन्। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो।

सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो।

पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर पानी उपत्यका पुग्नेछ। परीक्षण प्राविधिक मापदण्डअनुसार अहिले प्रतिसेकेन्ड दुई सय ६० लिटर पानी सुरुङमा हालिएको थियो। यही सुरुङमार्फत सिन्धुपाल्चोककै लार्के र यांग्री खोलासमेत मिसाएर थप १७/१७ करोड लिटर पानी लैजाने आयोजनाको तयारी छ। यसका लागि मेलम्ची मुहानसम्म थप नौ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। यसका लागि प्रारम्भिक कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ। मेलम्ची दक्षिण एसियामकै पहिलो सुरुङमार्ग खानेपानी आयोजना हो। २०५६ देखि मेलम्ची आयोजना सुरु गरिएको थियो।

मेलम्चीको पानि काठमाडौँमा झारेर सरकारले एउटा अभुत्पुर्ब काम गरेको छ। इतिहाँसमा कलंकित भएर बसेको यो परियोजनालाइ यो सरकारले सफल पारेको छ।

अन्तमा यो पनि हर्नुहोस है
MCC ठिक छ, हामी पारित गरेर देखाईदिन्छौ:- रामकुमारी झाक्री

यो भिडियो हेरेपछि कमेन्टस बक्समा ‘BACK OFF MCC’ लेखेर MCC बिरुद्ध एक हौउ

Video Credt – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *