गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने गुण्डा राजिव गुरुङकी श्रीमती दिक्छेन लामा हेटौंडाबाट पक्राउ परेकी छन्। मुर्ति चोरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको जानकारी आएको छ। जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताएका छन्।
उनि हेटौडामा बस्दै आएकी थिइन। उनलाई विपक्षी बनाइ कास्की जिल्ला अदालतमा मुदा दर्ता भएको थियो।source-kantipur