कोरोना महामारीले देशै भरी आतंक मच्चाइरहेको बेलामा बागलुङ जिल्लाको दक्षिणी भेगमा अबस्थित व्यापारिक केन्द्र रहेको कुश्मीसेरा बजार सात दिनका लागि बन्द गरिएको छ। समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उक्त संक्रमणलाइ नियन्त्रणमा लिनका लागि सात दिन सम्म बजार बन्द गर्ने निर्णय गरेको कुरा जैमिनी नगरपालिका-१ कुस्मीसेराका वडाध्यक्ष भुपेन्द्र थापाले बताए। सबै राजनीतिक दल, स्थानीय अगुवा, प्रहरी, लगायतसंगको छलफलबाट उक्त निर्णय गरिएको थापाले बताए।
सम्पूर्ण कार्यालयहरु र बैंकहरु बन्द गर्ने निर्णय भएको छ। थापाले भने ‘सबैसंग सल्लाह गरेर नै कोरोना फैलिन थालेकाले बजार पनि सात दिनका लागि पुरै बन्द गर्ने निर्णय गरेका छौं, बाहिरबाट आउने जाने सवारी साधनहरु बजारमा रोकन पाईनेछैन’। समुदायमा देखिएको कोरोना महामारी नियन्त्रण गर्नका लागि यो कदम चालिएको हो। अस्ती तीन जनामा कोरोना देखिएको थियो। बजार बन्दका क्रममा सात दिन सम्मका लागि विद्यालय तथा अन्य सबै गतिविधिहरु पनि बन्द गरिएको छ। बन्द पछि कोरोना महामारीको डरले स्थानियहरु झनै त्रसित भएका छ।ref-baglung post