the longest supension bridge in the world

बागलुङमा झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर तिर्नुपर्ने, स्थानीय आक्रोशित

National News News

The Mirror Desk

विश्वकै लामो झोलुंगे पुल भनी दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुंगे पुल तर्न २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ। यो झोलुंगे पुल ५६७ मिटर लामो छ। बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी कर सङ्कलन शुरु गरेको २ नम्बर वडाध्यक्ष जीवन आचार्यले बताए।

नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए। बागलुङ र पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ।

यो पुलले पाङ जानेलाई एक घण्टा समय छोट्याइदिएको छ। पुल बनेपछि बढेका पर्यटकले जिल्लाको व्यवसाय फस्टाउने व्यवसायीको आस थियो। यो पुलबाट कालीगण्डकी नदी र धौलागिरि हिमाल देखिन्छ। बत्तीको राम्रो व्यवस्थापन गरिएकाले रातको समयमा पुल अझ आकर्षक देखिन्छ।

यसरी रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *