Janamorcha

बागलुङमा सवैभन्दा थोरै स्थान जित्नेमा राष्ट्रिय जनमोर्चा

National News News

The Mirror

स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ।

अहिलेसम्मको नतिजा अनुसार, बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ।

पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली बाहेक परिणाम आएका सबै पालिकामा सत्ता गठबन्धनले जीत हाँसिल गरेको छ।

गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेस सबैभन्दा अघी छ। दोस्रोमा नेकपा माओबादी केन्द्र र तेस्रोमा राष्ट्रिय जनमोर्चा रहेको छ। वडामा पनि सोही अनुपातमा परिणाम आएको छ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ। कांग्रेसले २९ वडा जित्दा जनमोर्चाले ९ वडा जितेको छ।

एमालेले १३ वडा, माओवादी केन्द्र १६, एकीकृत समाजवादीले ३ वडा जितेको छभने स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन।

नेता कार्यकर्ताको व्यापक असन्तुस्टीका बीच गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले अहिलेको चुनाबमा उसको गड मानिएको बागलुङमा पनि निकै निराशाजनक परिणाम आएको जनाएको छ।

[ref-dhorpatannews]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *