helicopter accident

बागलुङ्गबाट काठमाडौँ उडेको हेलिकोप्टरमा चिल ठोक्कियो

National News

बागलुङ्गको गलकोट हटियाबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चिल ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। आइतबार दिउँसो करिब १:४० बजे हेलिकप्टर बेलकोटगढी नगरपालिका-६ मा चिलसंग ठोकीए लगत्तै आकस्मिक रुपमा अवतरण गरिएको हो।

कैलाश एयरको सो हेलिकोप्टर मा पाइलट सहित ६ जना यात्रुहरु सबार थिय। दुर्घटना लगत्तै कैलाश एयरको अर्को हेलिकोप्टरले यात्रुहरुको उद्दार गरेको थियो। उक्त दुर्घटनामा परी एक यात्रु सामान्य घाइते भएको बताइएको छ। बाकि सबै सकुशल रहेको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।more to follow, source-setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *