The Mirror Desk,
बाग्लुङ्ग, बागलुङको अमलाचौर भेडावारीको जंगलमा भिषण आगलागी भएको खबर प्राप्त भएको छ। शनिवार दिउसो करिव ४.१५ बजेतीर बागलुङ नगरपालिका १२ को बुकेनी ढाड, पात्लेखेत र खौर भेडावारी जंगलमा आगोलागी भएको हो।
आगोका कारण त्यहाँ भएका हजराैँ वन्यजन्तुहरूकाे मिर्त्यु भएकाे हुनसक्ने जनाइएको छ। त्यस्तै आगलागीको नजिकमा रहेका मानब वस्तीहरू समेत जाेखिममा परेका छन। आगो कहाबाट कसरी र कसले लगायो भन्ने पुष्टि भएको छैन। आगो निभाउने प्रयासहरु भईरहेका छन्।
तिब्र हुरी बतासका कारण अझैपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन्। आगो अहिले भैरवस्थान टावर नजिक पुगिसकेकोले थप जोखिम बढेको समाचार छ। यस बारेमा थप विवरण आउन बाँकी छ।
अमेरिकामा बागलुङ्गका आशिष सापकोटा माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons