madhab nepal

बाग्लुङ्गमा माधब नेपालका उम्मेदवारलाई मात्र एक भोट

National News News

The Mirror

बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए।

नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए।

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नेकपा एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले मतदानको दुई दिनअघि मात्र आफूहरुले उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताए।

यद्यपि एकीकृत समाजवादीले उपाध्यक्षलाई समर्थन गरेको भनी सार्वजनिक जानकारी गराएको थिएन।

यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय ७ मतका साथ निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गरे।

सत्तारुढ गठबन्धनको सहमति अनुसार उपाध्यक्षमा एकीकृत समाजवादीका शिर्पालीले उम्मेदवारी दिए पनि स्थानीय स्तरमा कार्यकर्ता असन्तुष्ट भएको भन्दै कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *