बाग्लुङ होली काण्ड, हराएका सबै युवा सम्पर्कमा, २ जनाको मृत्यु, प्रहरी घटनास्थलमा

National News News

The Mirror Desk,

आइतबार बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट हुदा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका ६-७ जना सामान्य घाइते भएका छन्।

झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। त्यस्तै १० जनाभन्दा बढी बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए।

बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको थियो।

निसीखोला गाउँपालिकाका अध्यक्ष पौडेलले पनि राजकुतका २०/२२ जना युवा दिउँसो होली खेल्दै बल्देधुरी गएको र रङ लगाउने क्रममा विवाद भएर घटना भएको बताए।

[ref-setopati]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *