The Mirror Desk,
काठमाडौँ, सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीतिकमा उथलपुथल भएको छ। सत्तारुढ दल नेकपा अब पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा परिणत भएका छन्। नेता तथा कार्यकर्ताहरु पनि आ-आफ्नो समूहतिर लागेका छन।
यसै क्रममा गृहमन्त्री रामबहादुर थापा बादल सहितका पूर्व माओबादीका नेताहरू पूर्व नेकपा एमालेमा सामेल हुने भएका छन्। अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरूको साथमा रहेर पूर्व माओबादी नेताहरु बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, दावा तामाङ लगायतका मन्त्री र नेताहरूसँग आइतवार साँझ बालुवाटारमा गम्भीर छलफल गरेका थिए।
उक्त छलफलमा प्रधानमन्त्रीले स्पस्ट संग भनेका थिए, ‘अदालतको फैसला यस्तो आयो, अब तपाईंहरु के भन्नुहुन्छ, म तपाईंहरूलाई जे अनुकुल हुन्छ त्यही वातावरण बनाइदिन्छु’। जवाफमा सबैजनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्ट आन्दोलन अघि बढाउने सवाल भएकाले अब फेरि प्रचण्डसँग जान नसकिने बताएका थिए।
नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन्। संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने केन्द्रीय सदस्य निरु दर्लामीले बताइन्।
एमालेमा लागेपछि प्रचण्डले सांसद पद खारेजीको प्रक्रिया चलाउन सक्ने तर प्रत्यक्ष निर्वाचित सांंसदको पद रिक्त गर्न सहज नरहेको पनि चर्चा सो पंक्तिमा चलेको छ तर सांसद पद महत्वपूर्ण नरहेको भन्दै सबै नेताले ओलीको साथ नछाड्ने प्रतिबद्धता जनाएको बालुवाटारले स्रोतले जनाएको छ।
[ref-Sdainak]
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons
This is absolutely disgusting and illiterate politics. You don’t need to go back in the history, move forward idiots. NCP UML was an past with absolute rubbish and corrupt group of people. Come up with new vision not the same shit from last century. Last 3 generation are with same option of leadership, But all these leadership have been proved multiple times as incapable of serving the Nation. wtf is YeMaLe ?? Again….
Kati Ramita herne Nepali janta le.
#oliuseyourhead
Thank you so much sir for your valuable comment and support. Please stay with us for the update around the globe.