prachanda and baburam

बाबुरामको प्रस्ताव:- ‘एमाले बिरुद्ध एउटै चुनाव चिह्नमा निर्बाचन लडौं’

National News News

The Mirror

दलहरुले आगामी निर्बाचनको तयारी तिब्र रुपमा सुरु गरेका छन। एमाले एक्लै चुनाबमा होमिएको छ भने बाँकीले गठबन्धन गर्ने निर्णय गरेका छन।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएत शिर्ष नेताहरुलाई भेटेर एउटै मोर्चा बनाउने प्रस्ताव राखेका छन।

भट्टराई एउटै मोर्चा बनाउने र एमाले बिरुद्ध एउटै चुनाब चिन्हमा चुनाब लड्ने प्रस्ताब गरेका छन।
उनको उक्त प्रस्ताबलाई प्रचण्डले पनि सकारात्मक रुपमा लिएका छन भने औपचारिक निर्णय भने भएको छैन।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ।

जसपाबाट अलग भएका डा. भट्टराई सहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ।

नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन।

‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ’।

भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *