The Mirror
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका एक निकै विस्वासिलो पात्र प्रसान्त सिंहले पनि भट्टराईसंगको सम्बन्ध टुंगिएको घोषणा गरेका छन।
सिंह भट्टराईको राजनीतिक रुपमा विस्वासिला पात्र हुन्। उनी भट्टराईले नयाँ शक्ति गठन गर्दादेखि अहिले सम्म पनि साथ दिइरहेका नेता मध्य एक हुन्।
सिंह जनता समाजवादी पार्टीमा रहँदा केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए तर अब नयाँ पार्टी गठनको पूर्वसन्ध्याबाट भने उनी बाबुराम भट्टराईसँगको राजनीतिक यात्रा टुंग्याउने पक्षमा पुगेका हुन।
उनले सामाजिक संजाल बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गरेका छन। उनले हालसम्मको राजनीतिक यात्रामा साथ दिने भट्टराईसहित अन्य समकालीन सहकर्मीहरुलाई धन्वाद पनि दिए।
उनले लेखेका छन, ‘उहाँ तथा मेरा अग्रज तथा समकक्षीहरु द्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु, म डा.भट्टराईद्वारा निर्मित भइरहेको नया पार्टी (सम्भवतः नेपाल समाजवादी पार्टी) मा नबस्ने निर्णयमा पुगेको छु। आउने दिनहरुमा नेपाल भित्र ‘सफा’ र परिणाममुखी राजनीतिको निर्माण तथा विकासमा म आफ्नो बल र क्षमताले पुगे सम्मको प्रयास गरी रहनेछु, धन्यवाद’।
डा भट्टराईले नयाँ शक्ति बनाएदेखि सिंहले अहिलेसम्म उनको नजिक बसेर निकै महत्त्वपूर्ण जिम्मेवारीमा रहेर समेत सहयोग गर्दै आएका थिए।
उनले साथ् छोडेपछि भट्टराई निकै समस्यामा पर्ने देखिन्छ।
[ref-news24]
अन्तमा यो पनि…