The Mirror
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टीको नामको टुंगो लगाएका छन्। उनले आफ्नो पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ राखी पार्टी गठनको तयारीलाई तिब्रता दिएका छन।
उनले आफू निकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिए पछि पार्टीको नाम टुंगो लगाएका हुन।
भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाए पछि उनले नयाँ पार्टीको निर्माण अभियान थालेका हुन।
जसपा बाट निस्काशन भएपछी भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए। अनि उनले नेपाल समाजवादी पार्टी खोले।
उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।
भट्टराईनिकट एक नेताले भने, ‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागिएको छ, तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ, को-को अध्यक्ष हुने भन्नेबारे टुंगोमा पुगिसकेको छैन’।
सम्भबत भट्टराईले आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेको उनका सहयोगीले बताए।
नुवाकोटका उनी निकट एक पूर्व विद्यार्थी नेता दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ। गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।
ति विद्यार्थी नेताले भने, ‘खुलेको एकल आँखा चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो, हामीले त्यो चिन्ह अरूले नलैजाऊन भनेर समावेशी लोकतान्त्रिक पार्टीका नाममा दर्ता गरिरहेका थियौं, त्यही चिन्ह रहने गरी पार्टीको नाम परिवर्तन गरेर भट्टराईले नयाँ पार्टी गठन गर्न लाग्नुभएको हो’।
भट्टराईको सचिवालयका एक सदस्यका अनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाट जितेका थिए।
जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे पनि भट्टराईसँग छलफल गर्दै आएका छन।
[ref-setopati]
अन्तमा यो पनि…