baburam bhattarai

डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल रुपमा सम्पन्न

National News News

The Mirror Desk

पूर्व प्रधानमन्त्री वा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको वीर अस्पतालमा शल्यक्रिया गरिएको हो।

बाबुराम भट्टाराकी छोरी मानुषी यमी भट्टारा र श्रीमती हिसिला यमीले भट्टराईको सफल शल्यक्रिया भएको खबर सोसल मिडिया मार्फत जनाएका छन्। उनीहरु दुवैले उपचारमा संलग्न चिकित्सक टोली र अस्पताल परिवारलाई धन्यवाद दिएका छन।

यस अघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

[ref-reporters nepal]

Watch This Too

What did Bhattarai say about monarchy?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *