Yadav Bhattarai

बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र यादबको तयारी

National News News

The Mirror

लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी विभाजन हुने संघारमा पुगेको छ। बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र यादबको तयारी पछि उक्त पार्टी बिभाजित हुन लागेको छ।

अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टी बिभाजनको अवस्था सिर्जना भएको हो।

सोमबार राति बसेको कार्यकारिणी समिति बैठकले डाक्टर भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको हो। जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ। यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ।

लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ। यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ। भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ। यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए। यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो।

बाबुराम भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए। यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो।

यससँगै जसपा फेरि विभाजन हुने देखिएको छ। बाबुराम पक्षले यादव समझदारीमा नआएको खण्डमा नयाँ पार्टी दर्ता गरेर भएपनि अगाडी बढ्ने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा जसपाका एक नेताले बताए।

यसअघि भट्टराईले माओवादी पार्टी छोडेर नयाँ शक्ति पार्टी निमार्ण गरेका थिए। नयाँ शक्ति चलाउन नसकेपछि उपेन्द्र यादवको संघिय समाजवादी फोरममा समाहित भएका थिए। पछि महन्थ ठाकुरको पार्टी र उपेन्द्रको पार्टी मिलेर जसपा बनेको थियो।

[ref-globalnagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *