Baburam Bhattarai meet Prime Minister Oli in Baluwatar at midnight

बाबुराम भट्टराईले मध्यरातमा प्रधानमन्त्री ओलीलाई बालुवाटारमा किन भेटे?

National News News

The Mirror Desk

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले भेटेको स्वीकार गरेका छन्। उनलाई नेकपा एमालेका युवा नेता महेश बस्नेतले राती राती बालुवाटार चिरेर प्रधानमन्त्री ओलीलाई भेटेको आरोप लगाएका थिए। भेटमा आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भनेर लगाएको आरोपको प्रतिक्रिया दिँदै भट्टराईले उक्त कुरा स्वीकार गरेका हुन।

भट्टराईले आफुले प्रधानमन्त्री ओलीलाई भेटेर पुर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको दाबि गरे। भट्टराईले भने, ‘जब प्रधानमन्त्रीले मेरो प्रस्ताब अस्विकार गर्नुभयो अनि मैले आफैलाई प्रधानमन्त्रीको प्रस्ताव गरे’।

राती राती भेट गर्न बालुवाटार जाने अनि फेरि प्रधानमन्त्री ओलीको ठूलो स्वरमा बिरोध गर्ने भन्ने आरोप लागेपछि भट्टराईले उक्त कुराको स्पस्टिकरण दिएका हुन्।

तर डा भट्टराईले आफूले केपी शर्मा ओलीलाई भन्दा प्रधानमन्त्रीलाई भेटेको दाबी समेत गरेका छन।

डा भट्टराईको ट्वीटरमा लेखेका छन

प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो (महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुॅ। अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौं

एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन्। भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ।

उनले भने, यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे। उहाँले राष्टिय सरकार बनाउनुपर्छ भन्नुभयो। यसको नेतृत्व मैले लिनुपर्छ। आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो। तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस। त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन्। उनले भने, ‘प्रचण्ड र शेरबहादुर देउवाको हामीले नाडी छामी सक्यौ’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *