baburam bhattarai

बाबुराम भट्टराई अस्पताल भर्ना, शल्यक्रिया हुदै

National News News

The Mirror Desk

पूर्वप्रधानमन्त्री वा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो।

डाक्टर सुवोध अधिकारी नेतृत्वको एक चिकित्सक टोलीले काठमाडौंस्थित वीर अस्पतालमा भट्टराईको शल्यक्रिया गर्नेछ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले आजै भट्टराई अस्पताल भर्ना हुने र शल्यक्रिया शुक्रबार हुने कुरा बिभिन संचार माध्यामलाई जानकारी दिए।

केहि महिना अघि ट्युमरमा क्यान्सरको शंका लागेपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली स्थित अस्पताल पुगेका थिए।

तर दिल्लीमा परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने जति सक्यो चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

[ref-setopati]

What did Bhattarai say about monarchy?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *