बामदेबको भबिस्यबाणी:- “एक्ला-एक्लै चुनाव लडे दुवै समूह पत्तासाफ”

National News News

The Mirror Desk,

काठमाडौँ, पर्ख र हेरको स्थिति मा रहेका नेकपाका नेता बामदेव गौतमले आफु अझै पनि पार्टी एकताकै पक्ष्यमा रहेको बताउदै आएका छन्। उनि मात्र एक नेता हुन् जो कुनै पनि समुहमा नलागी अहिलेसम्म तटस्थ देखिएका छन।

आज उनले सुदूरपश्‍चिम प्रदेशका नेकपा नेताहरूसँगको संवादका क्रममा उनले पार्टी फुटे पनि मोर्चा बनाएर चुनाव लडेमा मात्रै दुवै समूहको अस्तित्व जोगिन सक्ने उल्लेख गरेका छन्। उनले छलफलको क्रममा “एक्ला-एक्लै चुनाव लडे दुवै समूह पत्तासाफ हुन्छन्” भनी निकै दरिलो टिप्पणी गरेका छन्। आगामी चुनावमा अलग अलग लडेमा केपी ओली समूह र प्रचण्ड समूह दुवैको अस्तित्व नै खतम हुने भबिस्यबाणी समेत गरे। उनले थपे ”पार्टी फुटिसक्यो, तत्काल जुट्ने सम्भावना छैन, यिनीहरु अलग अलग चुनाव लडे भने पत्तासाफ हुन्छन्”।

जबजलाई छोडेर माओवादी जनवाद अंगाल्दै प्रचण्ड समूहमा गएका माधवकुमार नेपाल पनि निकट भविष्यमा फर्किने दाबी उनले गरेका छन्। ”म चाहिँ ओली-प्रचण्ड दुवैतर लाग्दिनँ, मैले एकताका लागि राष्ट्रिय अभियान चलाउँछु, म देशभर जान्छु”, उनले भने।

वामदेवले नेकपानिकट कानुन व्यवसायीहरुमार्फत पार्टी एकता जोगाउन राखेको तीन बुँदे प्रस्ताव पनि बालुवाटारले अस्वीकार गरेको बताएका छन्। प्रधानमन्त्री ओली पक्षले आफ्ना तीनवटा प्रस्तावलाई ओलीले अस्वीकार गरिदिएको पनि भेटमा बताएका छन्।

[ref-dhankutakhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *