BamDev Gautam

बामदेवले घोषणा गरे नयाँ पार्टी, ६९ जना केन्द्रीय सदस्य रहने

National News News

The Mirror

अन्तत एमाले छोडेर लामो समयसम्म अलग बसेका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन।

उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन। आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका छन।

केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय गरेका थिए। बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

बामदेवको घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुनेछ। तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिको नाम पनि आजको कार्यक्रमबाटै घोषणा गरिने कार्यक्रम रहेको छ।

७७ वटै जिल्लाका अध्यक्षलाई केन्द्रीय समितिमा पदेन सदस्यका रुपमा सहभागी गराइनेछ। पार्टी विस्तारका क्रममा केन्द्रीय समिति थप विस्तार हुने प्रचार विभाग प्रमुख पाण्डेले बताए।

यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडी दर्ता भइसकेका तीन वटा पार्टीहरु समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र राष्ट्रवादी पार्टी सम्मिलित हुनेछन्।

त्यसैगरी आम नेपाली पार्टी र स्वतन्त्र बामपन्थी समुह पनि सहभागी हुने गरी पार्टीको घोषणा गर्न लागिएको पाण्डेले बताए। यसले केन्द्रीय समिति, सल्लाहकार समिति, सचिवालय र अन्य वामपन्थी पार्टीहरुसग वार्ता र सम्वादका लागि वार्ता समिति पनि आजै घोषणा गर्नेछ।

बामदेवको पार्टीमा श्रीमती, छोरा र स्वकिय सचिव सम्म सवै रहनेछन। वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम नै रहने भएका छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहनेछन।

को-को छन् केन्द्रीय सदस्यहरु?

[ref-annapurnatimes]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *