balika khadka and serdhan rai

‘बालिका खड्लाकाई मैले चिनेको छैन र कहिल्यै कुराकानी पनि गरेको छैन’:- शेरधन राई

National News News

The Mirror Desk

बालिका खडका नाम गरेकी एक महिलाले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बिरुद्ध गम्भीर प्रकृतिको आरोप लगाएपछि राइले आफ्नो प्रतिकृया दिएका छन्।

मुख्यमन्त्री शेरधन राईले आफ्नो चरित्र हत्या गर्नको लागि र राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन्। राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे।

एक टेलिभिजन कार्यक्रममा उनले भने,‘हाम्रो मन, विचार, भावना यी सबै कुराहरु मिलेर नै हामी वैवाहिक जीवनमा बाँधिएका हौं, हाम्रो बीचमा असमझदारीको कुनै अंश नै छैन’।

उनले उक्त कार्यक्रममा आफूले बालिका खड्कालाई कहिल्यैपनि नचिनेको दाबी गरे। उनले भने, ‘बालिका खड्कालाई मैले चिनेको छैन र कहिल्यै कुराकानी पनि गरेको मान्छे होईन, यो कुरा तपाईँ चेक गर्न सक्नुहुन्छ, म विरुद्ध एउटा गिरोहले बालिकालाई प्रयोग गरेको छ, एउटा गिरोहले ती पात्रलाई किनेर लगातार म बिरुद्ध प्रयोग गरिरहेको छ’।

At Last Watch This Video…

DHURMUS…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *