jhakri

‘बालेनको भोट जनमत होइन’:- झाँक्री

National News News

The Mirror

शहरी विकासमन्त्री समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत जनमत नभएको बताएकी छन।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन।

उक्त अन्तर्वार्तामा झाक्रीले उनले प्राप्त गरेको मत जनमत नभई ‘नो भोट’ भएको स्पस्ट पारेकी छन।

उनले नेपालमा ‘नो भोट’ को प्रावधान नभएकाले मतदाताहरूले आफ्नो ‘नो भोट’बारे सन्देश दिन बालेनलाई भोट हालेको प्रस्ट पारिन।

उनले भनिन, ‘बालेनलाई आएको मत उनले उठाएको मुद्दाका कारण र उनले मतदाताको विश्वास जितेर आएको भन्ने विश्लेषण केहि मानिसहरुको छ तर मतदाताको विश्वास जिते भन्ने होइन, उनको भोट ‘नो भोट’ हो’।

उनले हाम्रो कानूनी व्यवस्थामा ‘नो भोट’ प्रावधान नभएका कारण मतदाताहरूले दल र दलका उम्मेदवारभन्दा बाहिर भोट हालेको भन्ने सन्देश दिएको उनको भनाइ थियो।

‘नो भोट’ को प्रावधान भए बालेनलाई आएको भोट ‘नो भोट’ तर्फ बढ्ने टिप्पणी उनले गरिन्।

यस्तै उनले बालेनालाई आएको मतपरिणामले दलहरूलाई सच्चिन चुनौती दिएको उनको भनाइ छ।

[ref-nepalviews]

अन्तमा यो पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *