balen shah

बालेनको सर्बोच्च प्रति तिब्र आक्रोश, ‘नक्सा पनि आफै पास गर्नु’

National News News

The Mirror

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एक पटक फेरि चर्चामा आएका छन्। नर्भिक अस्पतालले हडपेको जग्गाको बिषयमा आएर उनको फेरि चर्चा चुलिएको हो।

नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति मेयर बालेन साहले तिब्र असन्तुष्टि जनाए।

काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन आफैं नर्भिक अस्पताल पुगेका थिए।

त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए।

तर काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार नै नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो।

उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दियो र आगामी सोमबार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।

अदालतको यो आदेश आए लगत्तै बालेनले आफ्नो तिब्र आक्रोश फेसबुक मार्फत सार्बजनिक गरे।

उनले फेसबुकमा लेखेका छन, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं’।

यसरी बलेनले गर्न खोजेको हरेक काममा राजनैतिक दल र अदालतले लगातार अबरोध गरिरहेका छन। अदालत पनि उनलाई असफल बनाउन लागी परेको छ।

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *