The Mirror
शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) कि नेत्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई आफ्नो पार्टीमा आउन आग्रह गरेकी छन्।
राजनीतिमा रहिरहने हो भने बालेनलाई पनि कुनै न कुनै राजनीतिक पार्टीको आढ़ भरोसा र सपोर्ट चाहिने उनको तर्क छ।
उनले भनिन, ‘म त भन्छु चुनाव जितिसकेपछि समाजवादी पार्टीमा सँगै यात्रा गरौं, आउनुभयो भने एकदम स्वागत गर्न चाहान्छु र सफल भएको पनि हेर्न चाहान्छु;।
एक टिभी कार्यक्रमममा झाँक्रीले बालेनको मत उनको एजेण्डा र लोकप्रियताभन्दा पनि दल र उनको प्रतिनिधिभन्दा बरु बालेनलाई हाल्छु भन्ने ‘नो भोट’ भएको बताइन।
उनले भनिन, ‘नो भोट’ को अप्सन भएको भए यो नतिजा त्यता आउनेसक्ने उनको विश्लेषण गर्दै उनले यद्यपि आफूले बालेन शाहलाई नजरअन्दान नगरेको स्पस्ट पारिन।
बेलैमा जनताले संकेत दिएको बताउँदै झाँक्रीले नसच्चिए आसन्न निर्वाचनमा दलहरुलाई ठूलो नोक्सान हुने संकेत गरिन्।
उनले भनिन्, ‘म मेरो दलको सचिव, अब मैले सोच्नुपर्यो कि त्यो जनमतलाई कसरी ख्याल गर्ने ? मेरो दललाई कसरी रुपान्तरित गर्छु ? एजेण्डा कसरी सेट गर्छु’।
झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुको लागि अपेक्षित नै रहेको बताईन् उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाउदै त्यो समयको माग नै बिद्रोह भएको बताइन।
आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ।
नोट:- यो समाचार तयार पर्दा पार्दै बालेनको विजय निश्चित भैसकेको छ भने औपचारिक घोषणा हुन बाकीनै छ।
[ref-khashkhabar]
अन्तमा यो पनि…