gagan balen

बालेन शाह गगन थापाको घरमा, के-के बिषयमा भयो कुराकानी?

National News News

The Mirror

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र कांग्रेस महामन्त्री गगन थापा बीच भेटवार्ता भएको छ।

उनीहरुको भेटवार्तामा काठमाडौँको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको छ।

महामन्त्री थापाले काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि बताए।

उनले लेखेका छन, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो, काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ’।

त्यस्तै शाहले तत्कालै २/५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई नभइ ३०/५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताएका छन।

मेयर बालेनले भने, ‘हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ, अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौँ, २५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ, काम नदेखियोस् तर ५०/१०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ’।

शाहले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए।

मेयर शाहले भने, ‘बरु एक वर्ष हामी महानगरबासीबाट गाली खान तयार छौँ’, उपत्यकालाई बिग्रिनबाट जोगाउनु पर्छ, हामीलाई सय तले भवन चाहिएको छैन, अहिले नै ३० तलाको भवनमा पर्यटक राख्नु भन्दा होम स्टेमा राख्नु ठीक हो, तला बढाउने भन्दा घर घरमा पर्यटक राखेर आम्दानी दिलाउनु राम्रो हो’।

उनले भने, ‘काठमाडौंबाट सिक्ने कुरा धेरै छन, साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ, पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ, मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ। सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ।’

थापाले उनले भनेका कुरा सुनेपछि उनका योजनाहरुमा सकेको सहयोग गर्ने बाचा दिएका छन।

[ref-annapurna]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *