The Mirror
सबैको केन्द्र बिन्दु बनेका बालेन शाहको बारेमा अनौठो र अपुस्ट समाचार बाहिर आएको छ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर राजनीतिक रुपमा चर्चामा आएका र्यापर एवं इन्जिनियर बालेन साहको पृष्ठमूमि राजनीतिक भएको खुलेको छ।
उनले इन्जिनियरिङ अध्ययनका शिलसिलामा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा रहेर सो संगठमा कार्यरत रहेको खुलेको हो।
बालेन २०६६ सालमा अखिल क्रन्तिकारी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हवाइटहाउस इन्जिनियरिङ क्याम्पस इकाइका सदस्य थिए।
केही वर्ष (क्रान्तिकारी)मा सक्रिय भएपछी उनि इन्जिजियरिङ अध्ययन सकिएपछि भने राजनीतिकभन्दा सामाजिक गतिविधिमा केन्द्रित हुन थालेका थिए।
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा साह प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितभन्दा झन्डै दोब्बर मतले अगाडी छन।
यो समाचार तयार पार्दासम्म, बालेनले २२१८९७ मत ल्याउँदा केशव स्थापितले ११६०१ मत प्राप्त गरेका छन। तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले १०९६३ मत ल्याएकी छन।
[ref-dhankutakhabar]
अन्तमा यो पनि…
good luck Rajendra linden. as far we know you seem to be good show the public that you can be true leader. we trust you