बिकास योजनाको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा, रेणु दाहालले कार्यक्रम बहिस्कार गर्ने

National News News

The Mirror Dedk,

भरतपुर, प्रधानमन्त्री के पी शर्मा ओली आज चितवनको कार्यक्रममा सहभागी हुदै छन्। उनी दुईवटा विकास आयोजनाको शिलान्यास र बृहत जनसभालाई सम्बोधन गर्न चितवन आउन लागेका हुन्। उनले भरतपुर महानगरपालिका–१० मा रहेको चार बिघा चार कट्ठामा निर्माण भइरहेको ‘सिटी हल’ र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री आउन लागेका हुन्।

शिलान्यासपछि प्रधानमन्त्रीले भरतपुरको केन्द्रीय बस टर्मिनलमा १२ : ३० बजेबाट सुरु हुने बृहत जनासभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको संगै उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ र सहरी विकासमन्त्री शाह पनि आउदै छन्।

प्रधानमन्त्रीले शिलान्यास गर्ने निहुमा राज्यशक्तिको दुरूपयोग गर्दै जनसभा गर्न लागेको भन्दै ‘प्रचण्ड-नेपाल’ समूहले विरोध गरेको छ भने महानगरपालिकी मेयर रेणु दाहालले कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेकी छन्। मेयर दाहाल प्रचण्डकी छोरी हुन्।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *