बिटक्वाइनको मूल्य पहिले पटक ३६ लाख नाघ्यो

Business International News News

The Mirror Desk,

लण्डन, केहि वर्ष अगाडी निकै लोकप्रिय रहेको बिटक्वाइनको मूल्य पहिले पहिले पटक ३६ लाख रूपिया नाघेको छ। गत शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही हप्ताअघि मात्रै पहिलोपटक यसको मूल्य २० हजार अमेरिकी डलर भन्दा बढी भएको थियो। एक वर्षामा यसको मूल्य चारगुना भन्दा बढी बढेको छ। यसरी बढ्नुको कारण बिटक्वाइनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरु अत्याधिक मात्रामा रहेको कारण भएको हुनसक्छ।

अमेरिकी डलर निरन्तर रुपमा अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएको छ। अमेरिकी डलरको मूल्य गत वर्ष मार्चमा कोरोनाभाइरसको कारण बढेको भएपनि अमेरिकी ढुकुटीबाट अत्याधिक खर्च भएकोले यसको मूल्य अहिले घटेको छ। भर्खर मात्र ‘पेपल’ नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो। तर पनि समय अनुसार बिटक्वाइनको मूल्य घटबढ भइरहने गर्छ। तिन वर्ष अगाडी बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *