बिदेशमा ज्यान गुमाएका १७ युवाको शब नेपाल ल्याइयो [फोटो सहित]

National News News

The Mirror Desk,

काठमाडौँ, कस्तो नियति, आफ्नो देशमा खान लगाउन नपुगी विदेश रोजगारको लागी भौतारिनु हामी नेपाली युवाहरुको दुर्भाग्य नै भैसक्यो। आफ्नो परिवार, बुढेस कालका बाबु-आमा छोडेर एक छाक टार्नको लागी ज्यानको बाजी लगाएर अर्काको देशमा पसिना बगाउनु पर्ने र अन्तमा काठको बाकसमा फर्कनु पर्ने, यो कुरा राज्यसत्तामा बसेका हरुको कुनै चासोको बिषय नै होइन।

यस्तै नियतीको हृदयविदारक घटना देख्नु पर्यो आज त्रिभुवन विमानस्थलमा। आज (शनिबार) मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ नेपाली युवाहरुको शव काठमाडौं ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानले उनीहरुको शव ल्याइएको हो। एयरलाइन्सले जनाएअनुसार मृतकका परिवारको पीडालाई बुझेर ब्याबसाय भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको हो। ति शवहरुलाई वैदेशिक रोजगार बोर्डले कुनै शुल्क बिना नै घरसम्म पुर्याउने जनाएको छ।

यसै क्रममा निगमले केहि वर्षअघि पनि अफगानिस्तानबाट नेपालीको शव ल्याएको थियो।निगमले उक्त शबहरु ल्याउनको लागी उसकै वाइडबडी जहाज प्रयोग गरेको थियो।

[ref-news24]

हेर्नुहोस केहि फोटोहरु

अन्तमा यो पनि

विदेश बाट आएका बाबुलाई छोरीले नचिनेपछि चलेको रुवाबासी,
हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *