बिप्लव माओबादी र सरकार बीच सहमति, प्रधानमन्त्री र बिप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने

National News News

E.ACHARYA,KTM,

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच तीन बुँदे सहमती भएको छ। सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ‘विप्लव’ समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। गरिएका मुख्य सहमतिहरु यसप्रकार छन्:-

१) नेपाल कम्युनिस्ट पार्टिले आफ्ना राजनितिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा संचालन गर्न पाउने।
२) नेपाल सरकारका तर्फबाट लगाईएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने।
३) सम्पुर्ण बन्दिहरुको रिहाई र मुद्दा खारेजी गर्ने।

बिस्तृत सहमति शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन्। सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह लाई शुक्रबार दिउँसाे २ बजे प्रधानमन्त्री के पी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्। सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ।

सरकारले आतंककारी गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा नेकपा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो। सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *