Balen Shah

‘बिरोध नगर्नुहोस, एक हप्ताभित्र दूर्गन्ध रहित बनाउँछौ’:- मेयर वालेन्द्र साह

National News News

The Mirror

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन त्यहाका स्थानिय बासीलाई दिएका छन् ।

उपमेयर सुनिता सहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए।

त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको र ३ महिनाभित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले भने, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ, मल र ग्याँस पनि बनाइन्छ, त्यसका लागि ३ महिना लाग्छ, केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’।

उनले थपे, ‘सड्ने र नसड्ने फोहोर छुट्टयाउने र त्यसबाट मल र ग्यास निकाल्ने हो, सडने र नसडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ’।

उनले तत्कालका लागि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाइ छ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोराए। स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका छन।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *